२० मंसिर २०८१, बिहिबार
बिराटनगरमा १२३ संक्रमित थपिए

प्रदेश १ मा १ सय ९७ संक्रमित

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १६ असोज । प्रदेश १ मा शुक्रबार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला, ७ पुरुष, रंगेलीमा १ महिला, २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीमा इटहरीमा २ महिला, ७ पुरुष, धरानमा २ महिला, ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला, ९ पुरुष, भद्रपुरमा २ महिला, २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, तेह्रथुमको छथरमा १ महिला स्थानीय तह नखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा शुक्रबार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, आश्विन १६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]