०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १५ असोज । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ ।
सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा बिहीबार १ सय ८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् । मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पूरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ । प्रदेश १ मा बिहीबार १७४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १३९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउ“बाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा बिहीबार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६० महिला र १२२ को रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बिहिबार, आश्विन १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]