११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १४ असोज । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ ।
सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको बुधबार मृत्यु भएको हो ।
हालसम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् ।
प्रदेश १ मा बुधबार १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष, कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुंगामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९८ पुगेको छ ।
प्रदेश १ मा बुधबार ५३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।
प्रदेश १ मा बुधबार ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २३ हजार ७ सय ४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार, आश्विन १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]