०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, ७ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गर्नु भएको छ ।
उहाँले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।
झापाको अर्जुनधारा नगरपालिकामा शनिश्चरे अस्पतालको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो आग्रह गर्नुभएको हो ।
स्वास्थ्यकर्मीका समस्या सरकारले सम्वोधन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीका समस्या समाधानका लागि सरकार तयार छ ।’ मन्त्री घिमिरेले सरकारको निर्देशनअनुसार काम गर्न उहाँले स्वास्थ्यर्मीलाई आग्रह गर्नुभयो । बुधबारदेखि संचालनमा आएको १५ वेडको शनिश्चरे अस्पतालका लागि मानव संसाधन, भौतिक व्यवस्था, उपकरणको लागि प्रदेश सरकारले आवश्यक सहायता गर्ने मन्त्री घिमिरेले बताउनुभयो ।
अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक राज्यमन्त्री जसमाया गजमेर, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगरलगायतले बोल्नु भएको थियो ।
यसैबीच अर्जुनधारामा सामाजिक विकास मन्त्री घिमिरे र स्वास्थ्यकर्मीबीच अन्र्तक्रिया पनि गरिएको छ । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीका समस्याबारे जानकारी लिनुका साथै उनीहरुलाई आवश्यक निर्देशन पनि दिनुभएको थियो ।

बुधबार, आश्विन ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]