२६ माघ २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ७ असोज । प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधिसम्वन्धी तालिम दिने भएको छ ।
६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ ।
प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम संचालन निर्देशिकाअनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न र डिजिटल साक्षरता कार्यक्रम संचालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षासम्वन्धी शिक्षकहरुमा क्षमता विकास तालिम संचालन गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साता भित्र तालिम संचालन गर्ने योजना बनाएको छ ।
तालिम संचालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ । बुधबार सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिकाबीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमख हरिकुमार रानामगरले सम्झौता आदान प्रदान गर्नुभयो । सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाई कक्षा कोठामा मात्र सीमित नराखी सूचना प्रविधिको उपयोग गरी शिक्षा दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।
मन्त्रालयले यसअघि इलामको सूर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ । बिहीबार उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता हुने बताईएको छ ।

बुधबार, आश्विन ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]