०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, ६ असोज । प्रदेश १ मा मंगलबार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ५९ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होम आईसोलेसनबाट ५, विराट मेडिकल र न्यूरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ९१ पुगेको छ ।
प्रदेश १ मा सोमबार १ हजार ३ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १७ हजार ८ सय ८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार, आश्विन ०६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]