०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, ४ असोज । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले ५ लाख आर्थिक सहयोग गरेका छन् ।
ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न ५ लाख सहयोग गरेका हुन् ।
विराटनगर–२ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरिदिएका हुन् ।
बस्नेतले ओशो सन्यासीमाझ भने, ‘म पनि ध्यान र साधनासंग जोडिएको छु । आश्रमसंग मेरो पनि लगाव छ । आश्रममा ध्यानलगायतका गतिविधि गर्न थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रायले सहयोग गरेको हुँ ।’ विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना कहरपछि पछि स्थगित रहेको बताइएको छ ।

आइतबार, आश्विन ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]