१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ३ असोज । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन् ।
नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो ।
पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्यूरो प्रमुख पत्रकार माधव घिमिरे र न्यूज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई जुममार्पत पुरस्कार वितरण गरिएको हो ।
पुरस्कारकोरको राशि जनही १५ हजार रहेको छ ।
विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिंदै आएकोमा यो पटक भर्चुअल रुपमा नै कार्यक्रम गरी पुरस्कारको राशि अनलाइन बैंकिङ प्रणाली (आईपीएस) मार्पmत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्यालले भने, ‘आचार्य नेपाली राजनीतिको मूर्धन्य नेता हुनुहुन्थ्यो । उहाँको कर्तव्यपथले अहिले पनि नेपाली राजनीतिक क्षेत्रमा प्रेरणा दिई रहेको छ ।’
पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्पmत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ उत्साह जागृत भएको बताए । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको बताए । उनले भने, ‘कोभिडका कारण आम पत्रकारको समस्या बढ्दो अवस्थामा छ । धेरै समस्या राज्यबाट सम्बोधन हुने किसिमका भएपनि हुनसकेको छैन ।’ उलने परिस्थिति काबुमा आउनासाथ युनियनको केन्द्रीय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आफु आतुर रहेको सुनाए ।
शैलजा आचार्यको आदर्श र निष्ठाको विषयमा पत्रकार अनन्तराज न्यौपानेले प्रकाश पारेका थिए । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले राजनीतिक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको बताए । भने, ‘उहाँ भ्रष्टाचारका विरुद्धमा अडान लिने र साहसी नेता हुनुहुन्थ्यो ।’
त्यस अवसरमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल, नेपाली कांग्रेसमा मोरङ सचिव मोदराज घिमिरे, नेपाल प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले मन्तब्य राखेका थिए ।
शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेका छन् ।

शनिबार, आश्विन ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]