विराटनगर, ३१ भदौ । श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले आफ्नो काम आपूm गर्न सक्षम बनाउनका लागि उनीहरुलाई सिकाई कार्य सुचारु भएको छ ।
कोशी बहिरा संघ विराटनगरले संचारकर्मीहरुलाई जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा मोरङ जिल्लामा तीन वर्षे परियोजनाअन्तर्गत सन् २०१९ देखिको कार्य गत वर्ष जिल्लामा तीन महिलासहित ११ जनालाई विभिन्न सिकाईलगायत सेवा उपलव्ध गराइएको जानकारी दिइयो ।
श्रवणदृष्टिविहीन २० वर्ष उमेर समूहका लागि विभिन्न सुविधा उपलव्ध गराउनुका साथै फिजियोथेरापी, घरमा दैनिक जीवनमा आवश्यक पर्ने कार्य गर्ने सम्वन्धका सिकाइलगायतका अन्य सेवा र सुविधा रहेको परियोजनाका संयोजक प्रशान्त दुलाल बताउनु भयो ।
संघका अध्यक्ष सुनिता तिवारीले आफ्नो गाउँघर, टोल, छिमेकमा यस्ता श्रवणदृष्टिविहीन व्यक्तिहरुलाई संघलाई जानकारी गराइ उनीहरुलाई जीवन उपयोगी कार्य सिक्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो ।
संघले राष्ट्रिय बहिरा महासंघको सहयोगमा कार्य संचालन गरिरहेको छ भने यस वर्ष थप १० जनालाई सेवा उपलव्ध गराउने संघका कोषाध्यक्ष जीवन दाहालले जानकारी दिनुभयो ।
विसं. २०६८ को जनगणनाअनुसार मोरङ जिल्लामा १०६ महिलासहित २ सय ५४ जना श्रवणदृष्टिविहीन अपाङ्गता रहेका छन् ।