२६ कार्तिक २०८१, सोमबार

Darshan Daily

४ वर्ष अगाडि

झापा, ३१ भदौ । एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट झापा जिल्ला कनकाई गाउँपालिका–४ कोटिहोममा स्थापित मेची प्रादेशिक अस्पतालको पिसिआर प्रयोगशाला ‘बि’ को प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ ले बुधबार उद्घाट गर्नुभयो ।
विश्वमा पैmलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै जनताको सहयोगमा निर्मित प्रयोगशाला वर्तमान अवस्थाको अपरिहार्य आवश्यकता भएको बताउनु हुँदै विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संचारकर्मीहरुलाई सकरात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
माननीय सोमनाथ अधिकारी ‘प्यासी’ ले शुभकामना मन्तव्यका क्रममा सामाजिक स्तरमा पैmलिरहेको कोरोना महामारीसँग लड्नु पर्ने अवस्था सृजना भएकाले आपसी सद्भाव, माया, स्नेह, कर्तव्यपरायण र पारस्परिक सहयोगल गर्नुपर्ने बताउनु भयो ।
मेची प्रादेशिक अस्पतालको पिसिआर प्रयोगशाला ‘बि’ कसैको नजरमा सानो देखिएला तर यो वास्तबमै विशाल उदाहरणीय कार्य भएको बताउनु भएको छ ।
उक्त कार्यक्रममा झापा जिल्ला माननीयहरु, नगरपालिकाका नगर प्रमुख, उप– प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारी, संचारकर्मी र सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सोम पोर्तेलले गर्नुभएको थियो ।

बुधबार, भाद्र ३१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]