विराटनगर, २९ । बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली क्वारेन्टाइनमा बस्नु भएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल र मेयरका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएसंगै आइतबारदेखि मेयर पराजुली जैन भवनको क्वारेन्टाइनमा बस्नु भएको हो ।
मेयर पराजुलीसंगै उहाँका सचिवालयका सहयोगीहरु पनि क्वारेन्टाइनमा बसेका छन् ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित २ नं. वडाका वडाध्यक्ष कुमार पोखरेल र ५ नं. वडाका वडाध्यक्ष मिनकुमार आचार्यलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि शुक्रबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
त्यसैगरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी पवन सारडालाई कोरोना सक्रमण पुष्टि भएको छ ।
उहाँको सोमबार स्वाव परीक्षणको रिपोर्ट आएपछि संक्रमण पुष्टि भएको हो ।
केही दिनअअघि सामान्य ज्वरो आएपछि स्वाव परीक्षण गराउनु भएको थियो ।