३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २९ भदौ । प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बाल विवाहमुक्त प्रदेश बनाईने भएको छ ।
सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।
राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सोमबार सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।
सबै पक्षको सहभागितामा उहाँले बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताउनुभयो । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सबैको सहभागिता आवश्यक रहेको मुख्यमन्त्री राईले बताउनुभयो ।
कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताउनुभयो । उहाँले बालविवाह र बालश्रममा सुधार हुननसक्नु दुखद् भएको बताउनुभयो ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सडक बालबालिकालाई उद्दार गर्ने काम भईरहेको राज्यमन्त्री गजमेरले बताउनुभयो । उहाँले हालसम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्दार भएको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताउनुभयो । उहाँले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताउनुभयो ।

सोमबार, भाद्र २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]