०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, २९ भदौ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले बालबालिकाको अधिकारको सुनिश्चितताका लागि सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सम्पूर्ण लाग्नु पर्ने बताउनु भएको छ ।
प्रदेश प्रमुख अधिकारीले सोमबार बाल दिवसका अवसरमा शुभकामना वक्तव्य निकाल्दै बालबालिकाको अधिकारको सुनिश्चितताका लागि सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार संघ÷संस्था, निजी क्षेत्र, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीलाई आह्वान गर्नु भएको हो ।
जारी शुभकामना वक्तव्यमा ‘आप्mनो आचरणमार्पmत माया, स्नेह, आदर सत्कारसहितको संस्कार, सकरात्मक ज्ञान सम्प्रेषण गर्नु हुने अभिभावक, परिवार, शिक्षक र समाजलाई बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुत्र्तm आवास र उपयुत्र्तm प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिक, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणस्तरीय शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्न हार्दिक आह्वान गर्दछु’ भनिएको छ ।
विपदमा बालअधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिवद्धता’ भन्ने भावनाका साथ विश्वभरी फैलिरहेको कोरोना भाइरसले बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारिरहेको अवस्थामा महामारीको सामना गर्न र पठनपाठनको यथोचित व्यवस्थापन गरिदिनुहुनका लागि सरोकारवाला सबैलाई प्रदेश प्रमुख अधिकारीले आग्रह गर्नु भएको छ ।

सोमबार, भाद्र २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]