०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २९ भदौ । प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ ।
प्रदेश १ मा सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

सोमबार, भाद्र २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]