०२ कार्तिक २०७८, मंगलबार

रबिन्द्र बराल

१ वर्ष अगाडि

रंगेली, २५ भदौ । रंगेली नगरपालिका–८ स्थित दर्वेशा चोक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछि कारोबारमा वृद्धि हुन थालेको छ ।
पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर अहिले उक्त कृषि फर्ममार्पmत मनग्ये आम्दानी लिन सफल भएकोे छ । पछिल्लो समयमा गाउ“ घरका युवाहरु वैदेशिक रोजगारीलाई निरन्तरता दिन थालेपछि गाउ“मै बसेर केही गर्ने सकिन्छ भन्ने राम्रो उदाहरण बनेको छ साबित्रा कृषि फर्म ।
सावित्रा कृषि फर्म अहिले वोयर जातका खसी बाख्रा तथा पाठा पाठीको उत्पादनलाई निरन्तरता दिईरहेका छन् । स्थानीयको मागलाई उक्त जातका खसी बाख्रा खरिद बिक्रीका लागि सिन्धुली, स्याङ्जा, सुर्खेतलगायतका स्थानहरु ल्याएर भएपनि आपूmहरुले मागलाई सहज बनाउन सफल भएकोे फर्म संचालक फडिन्द्र सुवेदीले बताए । पछिल्लो समयमा उन्नत जातका खसी बाख्राको माग बड्न थालेपछि उत्पादन गर्न आपूm लागि परेको उनले बताए ।
२०७० सालमा स्थापना भएको फर्मले ५० हजार रुपैंयाको लगानीमा २ बटा बाख्राबाट सुरु गरेका सुवेदीले अहिले २ सयबटा उन्नत जातका बाख्रा पालन गरिरहेका छन् । उनले उक्त खसी बाख्राका लागि ४ बिघा खेतमा उन्नत जातका धा“ससमेत लगाएका छन ।
केही महिना अगाडिदेखि खसीको माग आउन थालेपछि उनले पाठा पाठी उत्पादन गर्नुका साथै मासुका लागि खसीसमेत उत्पादन गर्न थालेका हुन । अहिले उनले ३ महिनाको एउटा पाठीको मूल्य न्यूनतम २० हजार प्रति गोटामा बिक्री गर्ने गरेको र खसी केजी ५ सय ५० रुपैंया प्रति किलोका दरले बिक्री वितरण गरेको उनले बताए । वैदेशिक रोजगारीका लागि कतार पुगेर काम गरिरहेका दुई छोरालाई समेत अहिले आफ्नै व्यवसायमा लाग्नका लागि आपूmले बाख्रा पालनमा लागेको र दुबै छोरालाई बिदेशी भुमिमा काम गर्नु भन्दा पनि आफ्नै देशमा केही गरौं भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको बुवा फडिन्द्रले बताए ।
उनका छोेरा रमेशले भने आफू समेत ५ बर्ष खाडी मुलुक पुगेर पसिना बगाएको र त्यहा“ भन्दा आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने बिश्वासका साथ बुबाको पेशामा लागेको उनले बताए ।
अहिले बार्षिक आपूmहरुले सम्पूर्ण खर्च काटेर बार्षिक १५ लाखदेखि २० लाखसम्म आम्दानी हुने गरेको उनले बताए । सुवेदीले केही महिना अगाडि तीन महिनामै २२ किलोको खसी उत्पादन गरेर सबैलाई आश्चर्यचकित पारेका थिए ।

शुक्रबार, भाद्र २६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]