०३ कार्तिक २०७८, बुधबार

दर्शन सम्वाददाता

१ वर्ष अगाडि

विराटनगर, २५ भदौ । विराटनगर जुट मिलले लामो समयदेखि सुरक्षा गार्डको भुक्तानी नदिएको कम्पनीले जनाएको छ ।
अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रालि बिराटनगरले लामो समयदेखिको १९ लाख ५६ हजार मिलले दिन बा“की रहेको बिहीबार जनाएको हो ।
सेक्युरिटी कम्पनीले विज्ञप्ती प्रकाशित गरी लामो समयसम्म सेक्युरिटी गार्डको रकम नदिनुका साथै ललाई फकाई तथा धम्की दिनेसमेत गरेको र पैसा दिनेतर्पm चासो नदिएको जनाएको छ ।
सेक्युरिटी कम्पनीले मिललाई बुधबार लिखित जानकारी गराउ“दै असोज १ गतेबाट सेवा दिन नसक्ने अवगत गराएको छ । कम्पनीले आप्mनो अवधि २०७७ साउन मसान्तभित्र सकिएको भएपनि मिलको आग्रहमा भदौभर राखिएको जनाएको छ ।
मिलले कम्पनीका ६ जना सुरक्षा गार्डको सो रकम ४ वर्षदेखि बा“की राखेको संचालक तिर्थराज घिमिरेले बताउनु भयो । कम्पनीले २०७१ देखि सेवा दिंदै आएपनि २०७३ देखि रकम दिन छाडेको घिमिरेले बताउनु भयो । उहा“ले बाध्यभएर असोज १ गतेदेखि सेवा बन्द गर्नु परेको बताउनु भएको छ ।
कम्पनीले लिखित रुपमा दिएको निवेदनको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ बिराटनगर, सामाजिक विकास मन्त्रालय, प्रदेश नं १ बिराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङलगायतलाई समेत बोधार्थ दिएको छ ।

शुक्रबार, भाद्र २६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]