१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २४ भदौ । प्रदेश १ मा बुधबार १ सय ५५ कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ ।
प्रदेश १ मा बुधबार ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।
प्रदेश १ मा बुधबार १ हजार ३ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

बुधबार, भाद्र २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]