२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २२ भदौ । प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ ।
सोमबारसम्म १ लाख ३ सय ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोमबार १ हजार ८ सय ६० जनाको परीक्षण भएको छ । हालसम्म परीक्षण गरिएका मध्ये ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १ सय ७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३ सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, मेची अस्पताल झापाबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएका छ । परीक्षण गरिएका मध्ये २ हजार ४५ जनामा संक्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गतेबाट पीसीआर परीक्षण शुरु गरेको मन्त्रालयले जनाएको छ ।

सोमबार, भाद्र २२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]