३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

बिराटनगर, १८ भदौ । कोरोनाका कारण लामो समयको बन्दाबन्दीले सबै क्षेत्र प्रभावित भएको भन्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै जनजिवन सामान्य बनाउनु पर्नेमा छलफलमा सहभागिहरुले जोड दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार संचालकर्मीहरुसंगको छलफलमा लकडाउन र निषेधआज्ञाको विकल्प खोज्दै जनजिवन सामान्य बनाउनु पर्नेमा जोड दिइएको हो ।
छलफल कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आवश्यक स्वास्थ्य सुरक्षा र सर्तकता अपनाएर क्रमशः जनजिवन सामान्य बनाउनु पर्ने बताउनु भयो ।
उहाँले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले नयाँ निर्णय लिने बताउँदै छलफलको सुझाव महत्वपूर्ण हुने बताउनु भयो । यसका लागि विभिन्न क्षेत्रसंग सुझाव लिई निष्कर्शमा पुग्ने पनि उहाँले बताउनु भयो ।
नागरिक अनुशासित नहुँदासम्म जस्तोसुकै निषेधआज्ञा वा लकडाउनले पनि रोग नियन्त्रणमा नआउने हुँदा प्रदेश सरकारले नयाँ निर्णय लिन लागेको बताउनु भयो ।
समयमा नै पिसिआरको रिपोर्ट नआउने गुनासो आएपछि सरकारले केही हदसम्म छिटो गर्ने प्रयत्न गरेको, संक्रमितलाई आइसोलेशनमा राख्ने ठाउँ नभएको र भएका उपचार केन्द्रहरुमा भौतिक पूर्वाधारमा कमी भएको गुनासाहरु आएकोले त्यसलाई सुधार गर्दै लाने बताउनु भयो ।
छलफल कार्यक्रममा सहभागि पत्रकारहरुले कोरोनाका कारण संचार क्षेत्र पनि नराम्रोसंग प्रताडित हुनु परेको बताएका थिए । महामारीका कारण संचार संस्था नै बन्द गर्नु परेको अवस्था सिर्जना भएको र अधिकांश संचार संस्थाहरु बन्दै गर्नु परेको भन्दै संरक्षण गरिनु पर्नेमा जोड दिएका थिए ।
छलफलमा नेपाल पत्रकार महासंघका प्रदेश समितिका महासचिव विवेक गौतम, मोरङ अध्यक्ष बन्धु पोखरेललगायतको सहभागिता रहेको थियो ।

बिहिबार, भाद्र १८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]