११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, १७ भदौ । जुवा खेलिरहेको अवस्थामा प्रहरीले २ लाख ९० हजारसहित १२ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार २ लाख ८९ हजार ५ सय ३१ रुपैंया नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीको नेतृत्वमा खटिएको टोलीले बुधबार कानेपोखरी गाउँपालिका–७ स्थित चालिस बिघे भन्ने स्थानमा दिउँसो ३ बजे खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले नगदसहित ४ बुक तास पनि फेला पारेको थियो ।
पक्राउ पर्नेहरुमा बेलबारी–१ का बिमल गुरुङ, ३ का कृष्ण लिम्बू, ११ का श्याम लिम्बू र चन्द्र लिम्बू रहेका छन् । त्यसैगरि लेटाङ–५ का समिर तामाङ, विर्तामोड–३ का लक्ष्मीकुमार तामाङ, ५ का सञ्जिव घतानी, झापा हल्दिवारी–५ का ताराकुमार जोगी, बुद्दशान्ती–४ का मनिस लिम्बू, धरान–१६ का रुपजंग लिम्बू, ३ का किरण उदास र ईटहरी–२० का राजन पौडेल रहेका छन् ।

बुधबार, भाद्र १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]