२६ माघ २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, १६ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधआज्ञालाई केही खुकुलो गर्दै ६ दिन बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाद्वारा मंगलबार जारी विज्ञप्तीमा भदौ १७ गते बुधबारदेखि भदौ २२ गते राति १२ बजेसम्म ६ दिन निषेधआज्ञा बढाइएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम लगाइएको निषेधाज्ञामा जोर गते जोर र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन संचालन गर्न पाइने भएको छ ।
त्यसैगरि नयाँ नियमअनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिउँसो ४ बजेसम्म बजार पसल खोल्न पाइने भएको छ । सिटी रिक्सामा चालकबाहेक २ जनामात्रै यात्रु राख्न पाइने भएको छ ।
यस अवधिमा सैलुन, ब्यूटीपार्लर, गुद्री बजार, सिनेमा हल, हटियालगायतका भिडभाड हुने स्थानलाई भने प्रतिबन्ध लगाइएको छ ।
यसअघि बजार पसल १२ बजेसम्म खोल्न पाइने थियो भने निजी सवारी साधनसमेत चलाउन रोक लगाएको थियो । शनिबार भने कुनै पनि बजार पसल खोल्न पाइदैन थियो ।

मंगलबार, भाद्र १६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]