३० आश्विन २०७८, शनिबार
प्रदेश १ मा संक्रमित घट्दै

मंगलबार ८७ संक्रमित थपिए

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १६ भदौ । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरङको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बाह्रदशीमा १ महिला ३ पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १४ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ३ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १ हजार १ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा मंगलबासम्म ९० हजार १ सय ६५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार, भाद्र १६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]