०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ९ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् ।
मंगलबार मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवामा १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमल गाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ । प्रदेश १ मा मंगलबार ४९ डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ । प्रदेश १ मा मंगलबार २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ८० हजार ७ सय ४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार, भाद्र ०९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]