१७ कार्तिक २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ७ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्य तथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निर्देशन दिनुभएको छ ।
मोरङको बुढीगंगामा कोरोना परीक्षणमा अनियमितता भएको विषयमा संचार माध्यममा समाचार आएकाले सत्यतथ्य बुझ्नका लागि प्रजिअलाई निर्देशन दिनुभएको हो ।
मन्त्री घिमिरेले आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवस“ग परीक्षण शुल्कका विषयमा सोधपुछ गर्नुभएको थियो । प्रयोगशाला निर्देशक यादवले कोरोना परीक्षणमा कसैस“ग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पार्नुभएको थियो ।
गाउ“पालिकाले उद्योगस“ग प्रतिव्यक्ति ५ हजार ५ सय रुपंैयँ शुल्क लिएको घटना सार्वजनिक भएपछि मन्त्रि घिमिरेले चासो लिनुभएको हो ।

आइतबार, भाद्र ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]