१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २७ साउन । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले सामूहिक रुपमा स्वाब संकलन गरेको भोलिपल्ट पिसीआर परीक्षणको रिपोर्ट आउने प्रष्ट पारेको छ ।
मन्त्रालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सामूहिक रुपमा स्वाब नआई विभिन्न स्थानबाट संकलन गरी ल्याएकोले परीक्षणमा ढिला भएको प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनु भयो ।
उहाँले प्रदेशमा अहिले रहेको कोशी अस्पताल विराटनगरको पाँच सय, प्रदेश ल्याव विराटनगरको पाँच सय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्वावको पाँच सय प्रतिदिन क्षमता रहेकोमा दैनिक दुई हजार पाँच सय स्वाव संकलन हुने गरेको जानकारी दिनु भयो ।
निर्देशक यादवले अहिले पनि प्रदेश ल्यावमा एक हजार, कोशीमा ८ सय ५० र वीपी कोइरालामा ९ सय स्वाब संकलन गरी परीक्षणका लागि होल्डमा राखिएको बताउनु भयो ।
उहाँले घाँटीबाट ३५ देखि ४० र नाकबाट ६५ देखि ७० प्रतिशत पिसीआर रिपार्ट सहि आउने विश्वका सबै क्षेत्रको प्रयोशालामा रहेको जानकारी दिंदै केही दिन अगाडि कोशी अस्पतल र वीपी कोइरालाको ल्यावमा गरिएको एक पिसीआर परीक्षण रिपोर्ट फरक आएको धारणा राख्नु भयो ।
मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले विराटनगर महानगरपालिकाले अन्तर्गत ९ हजार ६ सय ८० जनाको पिसीआर परीक्षण गरिएका मध्ये ३ सय ६३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनु भयो ।
उहाँले प्रदेशमा अहिलेसम्म ८ जनाको मृत्यु भएको जानकारी दिनु भयो ।

मंगलबार, साउन २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]