बिराटनगर, १४ साउन । जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगर शाखाले लागु औषधले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुन्दरहरैंचा नगरपालिका–८ का राजन भनिने रामप्रसाद पोखरेललाई ५३० ग्राम मेथमफेटामाइन (आइस) सहित मंगलबार पक्राउ गरेको हो ।
जिप्रका मोरङका प्रमुख प्रहरी उपरक्षक सन्तोष खड्का अनुसार विशेष सूचनाका आधारमा पोखरेललाई बिराटनगर–२ बरगाछी चौकबाट को३७प ८३१६ को मोटरसाइकलसहित पक्राउ गरेको जनाउनु भएको छ । धरान–बिराटनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्पm आइरहेको अवस्थामा चेक जाँच गर्ने क्रममा पक्राउ गरेको प्रउ खड्काले बताउनु भयो ।
चेकजाँचका क्रममा पोखरेलले बोकेको कालो झोलाभित्र सेतो प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा अवैध लागूऔषध मेथमफेटामाइन (आइस) २२२ ग्राम बरामद गरेको थियो भने निजको सुन्दरहरैचा स्थित घर कोठा खानतलासी गर्दा माथिल्लो तलाको काठामा आल्नामा राखेको अवस्थामा २ पोका ३०८ ग्राम फेला परेको हो । पोखरेललाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको जनाइएको छ ।
निज पोखरेलबाट प्रहरीले मोटरसाइकल १, मोवाइल १, सिम १ थानसहित ५३० ग्राम मेथमफेटामाइन (आइस) गरेको छ ।
मेथमफेटामाइन (आइस) लाई विभिन्न नामले पनि चिनिने गरेको छ । यसलाई त्र्mयांक, स्पिड, क्रिस्टल मेथा र क्रिस्टल टि पनि भन्ने गरिन्छ । यो पूर्णरुपमा रसायनहरुद्वारा तयार गरिने कृतिम लागूऔषध हो । यसलाई सेन्थेटिक ड्रग्स भनिन्छ । यसलाई सुँघेर, सिरिन्जको माध्ययमबाट र धुम्रपानको माध्ययमबाट प्रयोग गरिन्छ ।
यो उत्तेजनात्मक लागूऔषधअन्तर्गत पर्दछ । यसले केन्द्रीय स्नायु प्रणालीलाई प्रभाव गरी गतिविधीहरुलाई हाइपर एक्टिभ बनाउँछ र प्रयोगकर्तालाई थप उत्तेजित, आक्रामक र हिसांत्मक बनाउछ । यो प्रयोग गरेको १२ देखि २४ घण्टाको अवधिसम्म देखिन्छ भने केही दिनसम्म प्रयोगकर्तालाई निन्द्रा नलाग्ने बनाउँदछ । यसको अन्तर्राष्ट्रिय बजारमा अन्दाजी ८० अमेरिकन डलर प्रति ग्राम पर्दछ । नेपाली मूल्यअनुसार ९ हजार ६ सय प्रति ग्राम पर्न आउँछ ।
लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १०० ग्रामदेखि माथि जतिसुकै परिमाणको गाँजा बाहेकका लागूऔषध सेवन र खेती बाहेक अन्य निषेधित कार्य गरेमा १५ बर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था रहेको छ ।