बिराटनगर, ११ साउन । ट्याक्टरले साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
मोरङको कटहरी गाउ“पालिका–२ हल्दिबारी स्थित भित्री सडक खण्डमा दक्षिणबाट जाँदै गरेको को२त १३७६ नम्वरको ट्याक्टरले शनिबार बिहान विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा गम्भिर घाइते विलट राजभर उपचारको क्रममा मृत्यु भएको हो ।
जहदा–५ का राजभरलाई ट्याक्टरले शनिबार बिहान ठक्कर दिएकोमा उपचारका क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् । फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।