१७ कार्तिक २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १० साउन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिनु भएको छ ।
उहा“ले पहिलो चरणमा आप्mनो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन सक्नु भएको छ । आर्थिक वर्ष २०७६–०७७ मा सांसद विकास कोषअन्र्तगतका योजनाहरुको अनुगमन गरिएको छ । मन्त्री घिमिरेले विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ नम्वर वडाका योजनाहरुको अनुगमन सक्नु भएको छ । हरेक शनिबार मन्त्री घिमिरेले योजनाको अनुगमन र निर्वाचन क्षेत्रका बासिन्दासँग छलफल गर्दै आउनु भएको छ ।
कार्यक्रम, योजनाका बारेमा स्थानीयबासीका सुझाव र सल्लाहअनुसारको योजना बनाउने गरेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले हरेक शनिबार योजना अनुगमन र स्थानीयस“गको छलफल अन्र्तक्रियालाई निरन्तरता दिने बताउनुभयो । अनुगमनमा मन्त्री घिमिरेसँगै स्थानीयवासी, उपभोक्ता समितिका सदस्यहरु पनि सहभागी हुने गरेका छन् ।
सामाजिक विकास मन्त्री घिमिरेले शनिबार विराटनगर–१ अन्र्तगतका कार्यक्रम तथा योजनाहरुको अनुमगनका साथै जेष्ठ नागरिकहरुसँग छलफल पनि गर्नु भएको छ ।
जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक दिवा केन्द्र संचालनका लागि वजेट उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । मन्त्री घिमिरेले विराटनगर–१ मा बाढीले कटान गरेको स्थानको पनि अनुगमन गर्नुभएको छ । कटानले स्थानीय मञ्जु अधिकारीको घरमा क्षति पुगेकाले कटान नियन्त्रणका लागि ५ लाख उपलब्ध गराईएको छ ।
सांसद विकास कोषअन्र्तगत गत आर्थिक वर्षमा वडा नं. १ मा विष्णुमाया सामुदायिक भवनका लागि १५ लाख, विजयपुर टोल हुँदै जानकी मार्गमा वाल तथा ग्राभेल सडकका लागि ५ लाख, चिनारी मार्ग पिच सडकका लागि १५ लाख, चिनारी मार्ग रिटेनिङ वाल निर्माणका लागि ७ लाख, शिव मार्ग नाला र ढलानका लागि ७ लाख ५० हजार, जेष्ठ नागरिक दिवा केन्द्र संचालनका लागि २ लाख, शिव आधारभुत विद्यालयको घेरावाराका लागि ५ लाख, राधाकृष्ण भूपालमानसिंंह कार्की माविमा सूचना प्रविधि कार्यक्रमका लागि ६५ हजार, पाथिभरा मन्दिर जाने सडक निर्माणका लागि २० लाख, दुर्गा मन्दिर जाने सडक निर्माणका लागि ४५ लाख वजेट विनियोजन गरिएको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार गत आर्थिक वर्षका योजनाहरु सम्पन्न भएका छन् ।

आइतबार, साउन ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]