११ माघ २०८१, शुक्रबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, १ साउन । लकडाउन प्रभावित यातायात मजदुरलाई राहत वितरण गरिएको छ ।
करिब ४ दशक यातायात मजदुरको रुपमा जीवन यापन गर्नुभएको स्वर्गीय नारायण लामाको जन्मजयन्तीका अवसरमा उहाँका छोरा किरण लामाले तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा लकडाउनको मारमा परेका विराटनगर ट्याक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाद्यान्न राहत स्वरुप वितरण गरिएको हो ।
यातायात मजदुरका प्रति परिवारलाई २० केजी चामल, २ लिटर तेल र ३ केजीका दरले दाल वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा विराट बुद्ध स्पोर्टिङ क्लव विराटनगरका अध्यक्ष रोहित कोइराला, सहयोगी संस्थाका प्रतिनिधि साग गेमका स्वर्ण पदक विजेता राम लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, साउन ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]