बिराटनगर, २३ असार । प्रहरीले चेकजाँचका क्रममा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार सवा ३ बजे बिराटनगर–३ का राजु श्रेष्ठलाई पक्राउ गरेको हो ।
बिराटनगर–१६ दरैयामा चेक जाँचका क्रममा प्र१–०२–०४० प ५०२७ नं. मोटरसाइकलसहित श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डाइलेक्स डि.सी. १० बोतल, कउ ७२ चक्कि र नाईट्रोभेट १५ चक्कीसहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि इप्रका रानी राखेको जनाएको छ ।