२६ माघ २०८१, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

पथरी, १५ मंसिर । मंसिर १२ गतेदेखि अवरुद्घ भएको मनमोहन गान्धीमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिकमा उक्त सडक निर्माणको सम्झौता भएकामा समयमै काम सम्पन्न नभएपछि स्थानीयले बाटो अवरुद्ध गरेका थिए । अवरुद्ध मार्ग वडाध्यक्षको पहलमा शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
विसं २०७६ कार्तिकमा सम्झौता भएकामा निर्माण कम्पनीले काम नगरेपछि स्थानीयले पटक–पटक दबाब दिँदै आएका थिए । विसं २०८० कार्तिकमा म्याद थप गरे पनि काम सुरु नभएपछि स्थानीयले बाटो बन्द गरेका अवरुद्घ गरेका हुन् ।
एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का
निर्माण कम्पनीले स्थानीयको मागअनुसार काम सुरु गर्ने भएको छ । स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा बाटो अवरुद्ध गरेपछि स्थानीयवासी, प्रहरी प्रशासन, ठेकेदार कम्पनीका प्रतिनिधि र वडाध्यक्षबीचको वार्ता भएसँगै सडक सञ्चालनमा आएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनुभयो ।
लामो समयदेखि हिलो, धुलो र खल्डाखुल्डीबाट सास्ती भोग्दै आएका स्थानीयले चाँडो बाटो बन्नुपर्ने माग राखेका थिए । शुक्रबार त्रिपक्षीय वार्ताबाट दुई दिनभित्र काम सुरु गर्ने सहमति भएसँगै बाटो खुलेको उहाँले बताउनुभयो ।
वार्तामा पथरी शनिश्चरे–४ का वडाध्यक्ष न्यौपाने, वडा नं ८ का नवीन कार्की र वडा नं ९ का वीरबहादुर राई, ठेकेदार कम्पनीका प्रतिनिधि दीपक थिङ तामाङ, इलाका प्रहरी कार्यालय पथरी, सशस्त्र प्रहरी शनिश्चरे र स्थानीयको सहभागिता थियो ।

शुक्रबार, मंसिर १५, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]