११ माघ २०८१, शुक्रबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १५ मंसिर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले लायन्स क्लवले सामाजिक कार्यमा मुलुकमा ठूलो योगदान गरेको बताउनु भएको छ ।
लायन्स क्लव विराटनगर युनाइटेडको १३ औं पदस्थापना एवं सम्मान कार्यक्रमको शुक्रबार यहाँ उद्घाटन गर्दै क्लव सेवा भावनाले प्रेरित रहेको छ र यसले जाजरकोट र रुकुम क्षेत्रमा भुकम्प पीडितहरुलाई पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।
प्रदेश प्रमुख खापुङ्गले सेवाको भावनाले समाज कल्याण गर्न लाग्नु भएका सम्पूर्ण पदाधिकारीहरुलाई थप प्रेरणा मिलोस भनि शुभकामना दिनु भयो ।
प्रदेशका विना विभागीय मन्त्री कमलप्रसाद जवेगुले क्लव सेवाको आवश्यकता भएको नागरिकहरुलाई खाद्य सामग्री, न्यानो कपडा, शैक्षिक सामाग्री लगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताउनु भयो ।
क्लवका अध्यक्ष टिका सिवाकोटी, पूर्व मन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मा लगायतले क्लवले समाजले भूकम्प पीडित, सितलहरबाट नागरिकलाई जोगाउन, जेष्ठ नागरिक र विद्यार्थीहरुलाई प्रदान गरिएको सहयोग लगायतका विषयमा चर्चा गर्नु भयो ।
सो अवसरमा लायन्स यूनाइटेडका नव पदाधिकारी एवं पूर्व गर्भनरहरुलाई सम्मान गरिएको थियो ।

शुक्रबार, मंसिर १५, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]