०३ फाल्गुण २०८१, शनिबार

दर्शन संवाददाता

१ वर्ष अगाडि

विराटनगर,३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरीप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले आफ्ना परिवार तथा व्यक्तिगत ईच्छा आकांक्षालाई टाढा राखेर देश र जनताको लागि काम गर्ने प्रहरीले कहिले जस नपाउने गरेको उल्लेख गर्नुभयो ।
नियम पालना नगर्ने जोसुकै पनि कार्वाहीको भागिदार हुने भन्दै मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि व्यक्तिले जानी जानी नियमको पालना गरेको छैन भने ति व्यक्ति नियन्त्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अबदेखि कसैले फलानोलाई छुटाईदे भनेर फोन ग¥यो भने कसैलाई नछाड्न पनि कार्कीले प्रहरीलाई निर्देशन दिनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालय रानीले परिसरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रम गरी “६८ औं प्रहरी दिवस” मनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको अध्यक्षता तथा मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्ले, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालगायतका प्रहरी अधिकृत, प्रहरी कर्मचारी तथा अमर सहिद प्रहरीका परिवारले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशअन्तर्गतमा वीरगति प्राप्त गरेका अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गरिएको थियो भने प्रहरी कार्यमा सहयोग गर्ने संघ संस्थालाई कदर–पत्रले सम्मान गरिएको थियो ।
दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयबाट उत्कृष्ट कार्यालय व्यवस्थापन बिद्यामा उत्कृष्ट हुने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई प्रशंसा पत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोला तथा पदाधिकारीहरुले अमर प्रहरी परिवारका परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मानसमेत गर्नु भएको थियो ।
कार्यक्रममा अमर प्रहरी परिवारका जेष्ठ सदस्यले अमर प्रहरी स्मारक पार्कमा वृक्षारोपनसमेत गरिएको थियो ।
त्यसैगरी ६८ औं प्रहरी दिवस २०८० को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकी प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई प्रदान गरिएको छ ।
दिवसका अवसरमा अपराध अनुसन्धानतर्पm कोशी प्रदेशमा उत्कृष्ट हुनुभएका प्रहरी सहायक निरीक्षक किरण मगरलाई एक लाख राशिको साधनादेवी स्मृति पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
प्रहरी संगठनमा कार्यरत प्रहरीका पढाइमा उत्कृष्ट छोराछोरीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा स्नातकोत्तरतर्फ प्रमिला खड्का, एलिजा थापा, एलिशा गौतम, एलिना शर्मा, श्रीयंक राई, रविना थापा, शालिनी ठाकुर तथा एसइईतर्फ सवोत्कृष्ट हुने २५ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रहरी दिवसको अवसरमा यस अघि विभिन्न खेलकुद कार्यक्रम, स्वास्थ्य शिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावलीलगायतका कार्यक्रमहरुको आयोजना गरी मनाएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, स्थानीय निकायका प्रतिनिधि, अमर प्रहरी परिवारजन, पूर्व प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी, मानवअधिकारकर्मीलगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बुधबार, कार्तिक ०१, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]