३० आषाढ २०८१, शनिबार

Darshan Daily

१० महिना अगाडि

गाईघाट, ८ असोज । उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो ।
गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बीपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो ।
लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको उहाँको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेङ्गु सङ्क्रमण देखा परेपछि हालसम्ममा तीनको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन् ।

सोमबार, आश्विन ०८, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]