०५ साउन २०८१, शनिबार

Darshan Daily

१२ महिना अगाडि

इनरुवा, ५ साउन । सुनसरीको इटहरी–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ ।
हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जंगलको छेउमा बसिरहेका युवा–युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।
गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोहितसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ । धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए । गोली लागेर गम्भीर घाइते भएपछि रोहितलाई सुमनाले नै एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन् ।
घटनामा संलग्नको खोजी भइरहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

शुक्रबार, साउन ०५, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]