०१ साउन २०८१, मंगलबार

Darshan Daily

२ वर्ष अगाडि

काठमाडौँ, २८ मंसिर । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ ।
अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले बुधबार दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, “लामिछाने नेपाली नागरिक नभएकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको हुँदा चितवन क्षेत्र नं. २ मा पुनः मतदान हुनुपर्छ ।”
रिट निवेदनमा अमेरिकी नागरिकतासँगै नेपाली नागरिकता लिएर दल दर्ता गराएको र नेपाली नागरिकता नलिएकाले निर्वाचित भएको पद रिक्त हुनुपर्ने उल्लेख छ ।

बिहिबार, मंसिर २९, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]