विराटनगर, १९ कार्तिक । किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग राख्दै मोरङबाट उठेका उम्मेदवारहरूलाई ज्ञापन पत्र बुझाएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरूलाई बुझाएका हुन् ।
विराटनगर–११ स्थित साकेला थानमा किरात राई यायोक्खा विराटनगर महानगर कमिटीले शनिबार एक कार्यक्रम आयोजना गरी मोरङबाट उठेका प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला गरी प्रदेशको नामारण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले मोरङ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यीमा गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी, मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यीयमा उठेका उम्मेदवार राजकुमार यादव, मोरङ क्षेत्र नं. ६ मा प्रतिनिधि सभा सदस्यीयमा उठेका उम्मेदवार लालबावु पण्डित, प्रदेश सभा सदस्ययमा उठेका पशुराम बस्नेतलगायतका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला पारी किरात प्रदेश हुनुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त ज्ञापन पत्र जनजाती महासंघका अध्यक्ष मिलन कुमार राई, किरात राई यायोक्खा विराटनगर नगर समितिकी अध्यक्ष विष्णु राईले उम्मेदवारहरूलाई बुझाएका थिए ।
कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नं. ४ का उम्मेदवार अमनलाल मोदीले माओवादीले सुरूवातदेखि नै पहिचानको आधारमा प्रदेश १ को नामरण हुनुपर्ने बताउँदै आएको बताए । उनले पहिचानको पक्षमा आपूm संधै लागि पर्ने बताए । कार्यक्रममा एमालेका उम्मेदवार लालबावु पण्डित, पर्शुराम बस्नेत, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवलगायतले बोलेका थिए । प्रदेश नम्बर १ को नाम पहिचान र भौगोलिकको आधारमा नै राख्ने विचार व्यक्त गरेका थिए ।