३० आषाढ २०८१, शनिबार

दर्शन संवाददाता

२ वर्ष अगाडि

बिराटनगर, २८ असोज । बिराटनगरमा हत्या गरी फरार रहेका ३ जनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ ।
सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदालाई विराटनगर–११ स्थित न्यू अप्सरा गेष्ट हाउस हत्यामा संलग्न धनुषा कमल नगरपालिका–६ का राकेश ठाकुर, विसु भन्ने प्रशान्त मण्डल र मोरङ रतुवामाई–५ का मनोज कार्कीलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदालाई उनीहरुले तीन दिनअघि अपहरण गरेका थिए ।
असोज २३ गतेदेखि हराइराखेका सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।

शुक्रबार, आश्विन २८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]