इनरुवा, १९ असोज । बडा दसैँको अवसरमा सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले कैदीबन्दीलाई टिका लगाइदिनु भएको छ ।
डिएसपी राईले बुधबार एक कार्यक्रमको आयोजना गरी २४ कैदीबन्दीलाई दसैँको टिका र जमरा लगाइदिनुभएको हो । विभिन्न मुद्दाअन्तर्गत थुनामा रहेका कैदीबन्दीलाई दसैँको आभास दिलाउन उहाँले टिका र जमरा लगाइदिनुभएको हो ।
“दसैँमा कसैलाई खल्लो महसुस नहोस् भनेर कैदीबन्दीलाई टिका र जमरा लगाइदिएको हुँ”, उहाँले भन्नुभयो ।