३१ आषाढ २०८१, आइतबार

Darshan Daily

२ वर्ष अगाडि

तेह्रथुम, १९ असोज । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा बुधबार एक युवकको मृत्यु भएको छ ।
करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उनको घट्नास्थलमै मृत्यु भएको हो ।
इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

बिहिबार, आश्विन २०, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]