बिराटनगर, २० असार । प्रहरीले चेकजाँचका क्रममा एक जनालाई चोरीको मोवाईल, ल्यापटपसहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा बुढिगंगा–४ स्थित बिआर१०एन ६६१७ नम्बरको मोटरसाईकलमा सवार भारत, सिपौल भिमनगर ग्रामपञ्चायत–२ का नबिन देबललाई सोमबार पक्राउ गरेको हो ।
दक्षिणबाट उतरतर्फ मोटरसाईकलमा सवार देबललाई चेकजाँचको क्रममा झोला भित्र एप्पलको ल्यापटप १, विभिन्न किसिमका मोवाइल ६, भारु चालिस हजार तथा नेपाली रुपैंया नौ हजार बयालिस र खुकुरी एक थान बरामद गरेको थियो ।