०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, २४ जेठ । प्रहरीले अवैध रुपमा भन्सार छली ल्याएको सामानहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार बिराटनगर–११ शिवम् गणपती ट्रेडिङको गोदामबाट छ लाख एकहत्तर हजार बराबरको अवैध सामानहरु बरामद गरेको हो ।
ट्रेडिङको गोदाममा भन्सार चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको मासको दाल १९७ बोरा, पहेंलो तोरी ४ बोरा र केराउ ४ बोरा बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामनहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाएको जनाएको छ ।

बुधबार, जेठ २५, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]