०१ साउन २०८१, मंगलबार

Darshan Daily

२ वर्ष अगाडि

बिराटनगर, १७ बैशाख । सिटी सफारीमा प्रयोग हुने ब्याट्रीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिराटनर–६ रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ब्याट्रीसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विराटनगर–८ का मोहमद जुमन, विराटनगर–१२ का पवन रविदास र विराटनगर.–११ का मोहमद अन्सारूल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार अन्दाजी १० बजे विराटनगर–६ रामपुर चौकमा को२ह ३६१० नम्बरको टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट वि.न.१ह ००९३ र को१ह ७८१८ नम्बरको सिटी सफारीसमेत चोरी गरेको खुल्न आएको हुँदा बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

आइतबार, बैशाख १८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]