बिराटनगर, १० बैशाख । प्रहरीले चेक जाँचको क्रममा एक जनालाई पक्राउ गरेको छ ।
लागु औषध ब्युरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा काठमाडौं–२ का राजु महर्जनलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले चेकजाँचको क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १०.९८ ग्राम र नाईट्रोसन २० चक्की सहित पक्राउ गरेको जनाएको छ । महर्जन बिराटनगर–१५ को १ नं. ढाट स्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेका थिए ।
पक्राउ परेका महर्जनलाई मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।