बिराटनगर, १ बैशाख । प्रहरीले चेक जाँचका क्रममा ठूलो मात्रामा लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले बुधबार बिराटनगर–१८ फोरलाईनमा चेकजाँच गर्ने क्रममा को१च ५३१८ नम्बरको सेतो पिकअप भेनमा ठूलो मात्रामा लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बिराटनगर–१८ फोरलाईनमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चेकजाँच गरेको स्थान आउनु अगाडि नै भेन रोकी चालक फरार रहेकोमा खानतलासी गर्ने क्रममा तीन बोरा लागू औषध गाँजा १२० केजी, अदुवा २६ पोकामा ५५४ केजी र ६ पोका धानको भुस ४५ केजी बरामद गरेको थियो ।
नियन्त्रणमा लिएको भेन र सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फरार रहेको चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।