बिराटनगर, २६ चैत । स्वास्थ्य सामग्री खरिदमा ४० प्रतिसतसम्म कमिशन मागिने गरेको स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले जनाउनु भएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा भएको विकृति, विसंगति, अनियमितता हटाउन सम्वन्धित पक्षसंग माग गर्नु भएको छ ।
बिराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी उहाँले स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य क्षेत्रका संघ संस्थाहरुले माग्ने गरेको बताउनु भएको हो ।
उहाँले देशभरका पालिका, स्वास्थ्य कार्यालयका प्रमुखलगायतलाई ४० प्रतिशतसम्म कमिशन बुझाउनु पर्ने बताउनु भयो । उहाँले समग्र स्वास्थ्य क्षेत्रको बजेटको ७० प्रतिशत विभिन्न तरिकाबाट अनियमितता हुने गरेको पनि खुलासा गर्नुभयो ।
कार्यालयहरुले टेण्डर आव्हान गर्दा नै कुनै एक कम्पनीको स्पेशिफिकेशनसंग मिल्ने गरी सामान माग गर्ने गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । त्यसो गर्दा कुनै प्रतिस्पर्धा नहुने र अनियमितता हुने भएकाले सम्पूर्ण पक्षलाई यतातर्पm ध्यान दिन पनि अनुरोध गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रको विकृति विसंगति अनियमितता हटाउन सरोकारवाला संघ संस्थालगायत पत्रकार सम्मिलित अनुगमन समिति बनाउनु पर्ने सुझावसमेत सो अवसरमा बताउनु भएको छ ।