बिराटनगर, ३ फागुन । प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सोमबार सुनवर्षी नगरपालिका–८ स्थित भारतबाट नेपालतर्पm पैदल आउदै गरेका धनकुटा जोरपाटी गाउपालिका घरभई हाल सुनवर्षी–१ केचनाका विनोद तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले मलद्वारमा लुकाई छिपाई राखेको १ ग्राम ७४० ग्राम ब्राउन सुनगर पक्राउ गरेको प्रहरीले जनाएको छ । लागु पदार्थसहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट लागुऔषध कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।