बिराटनगर, १ फागुन । तास खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ६ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१४ मा तास खेलिरहेको अवस्थामा नगदसहित शनिबार ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विराटनगर–१४ का सुबोध यादब, प्रकाश यादब, मुकेश यादब, महानन्द यादब, दिना यादब र केसाल यादब रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ९ हजार ७ सय नेपाली रुपैंया र १२ हजार ९० भारतीय रुपैंया बरामद गरेको थियो । नियन्त्रणमा लिएका उनीहरुलाई जुवा कसूरमा ५ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।