३० आषाढ २०८१, शनिबार

Darshan Daily

२ वर्ष अगाडि

बिराटनगर, १८ माघ । प्रहरीले ठूलो मात्रामा चाँदीका गरगहनासहित महिलालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी डाइनियाबाट गस्तिमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मञ्जु सहनीलाई लेडिज ब्याग भित्र प्लाष्टिकमा टेपले बेरेको पोका भित्र चाँदीका सामग्रीसहित आइतबार पक्राउ गरेको हो ।
प्रहरीले सहनीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ । उनको साथबाट चाँदी जस्तो देखिने धातुका पायल ठुलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस गरी अन्दाजी ७ के.जी. ४६ ग्राम तौल बराबरको सामान बरामद गरेको छ
सहनीलाई चाँदीको गहनासहित आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको प्रहरीले जनाएको छ ।

मंगलबार, माघ १८, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]