बिराटनगर, ५ पुस (दस) । प्रहरीले हत्यामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
रंगेली–२ नहर टोलकी २१ महिने युनिसा उराउको हत्याको आरोपमा सैनी उराउ र बर्ष ३५ की संगिता उराउलाई आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत मंसिर २६ गते घरबाट नै वेपत्ता भएकी युनिसा उरावको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले लास मंसिर २८ गते घर पछाडिको पैनीमा गाडेको अवस्थामा फेला परेको थियो ।
हत्याराको खोजतलासको सिलसिलामा रंगेली–२ नहर टोलका सैनी र संगितालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।